Section 7
सभाको गठन
(१) प्रतिष्ठानकोसर्वोच्च निकायको रूपमा एक सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ ः-
(क) कुलपति – अध्यक्ष
(ख) सहकुलपति – उपाध्यक्ष
(ग) … …
(घ) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य क्षेत्र हेर्ने) – सदस्य
(ङ) उपकुलपति – सदस्य
(च) स्वास्थ्य विज्ञान सम्बन्धी उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत दुईजना – सदस्य
(छ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(ज) सचिव, अर्थ मन्त्रालय – सदस्य
(झ) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य
(ञ) शिक्षाध्यक्ष – सदस्य
(ट) डीनहरूमध्येबाट सभाबाट मनोनीत एकजना – सदस्य
(ठ) निर्देशक – सदस्य
(ड) ……………….
(ढ) प्रमुख, ललितपुर महानगरपालिका – सदस्य
(ण) प्रतिष्ठानसँग सम्झौता गरेका मुलुकभित्रका अस्पताल प्रमुखहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत दुईजना – सदस्य
(त) शिक्षकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा कार्यकारी परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना – सदस्य
(थ) शैक्षिक संस्थाका प्रमुखहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एकजना – सदस्य
(द) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् – सदस्य
(ध) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल – सदस्य
(न) दलित, आदिवासी÷जनजाति, मधेशी तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कम्तीमा एकजना महिला सहित कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत चारजना – सदस्य
(प) चन्दादाताहरूमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा सभाबाट मनोनीत एकजना – सदस्य
(फ) प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूमध्येबाट सभाले मनोनयन गरेको एकजना – सदस्य
(ब) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।
(४) मनोनीत सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा बाँकी अवधिको लागिसो पदमा पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रिया बमोजिम अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।